झापा, मंसिर २५ । कतारमा जारी विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । हिजो भएका दुई खेलमा बिजयी भई फ्रान्स र मोरक्को सेमिफाइनल पुगेसंगै अन्तिम चार टिमको टुगों लागेको हो । हिजोको पहिलो खेलमा पोर्चुगललाई १–० को गोलअन्तरले पराजित गर्दै अफ्रिकी देश मोरक्कोले सेमिफाईनलको यात्रा तय गरेको छ ।
हिजै भएको दोस्रो खेलमा फ्रान्सले इंगल्याण्डलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । फ्रान्सले इंगल्याण्डलाई २–१ को गोल अन्तरले हराउँदै सेमिफाइनलमा मोरक्कोसंगको भेट पक्का गरेको हो । त्यस्तै अर्को सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्नेछ । क्वाटरफाइनलमा अर्जेन्टिनाले नेदरल्याण्डलाई हराएको थियो भने क्रोएसियाले ब्राजिललाई हराएर सेमिफाइनल प्रवेश गरेको हो । विश्वकपको फाइनल खेल पुष ३ गते आइतबार लुसाइल स्टेडियममा हुनेछ ।
प्रकाशित मिति:
आईतबार, मंसिर २५, २०७९, ०७:१८:००