झापा, मंसिर २४ । अर्जेन्टिना र क्रोएसिया कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन । हिजो भएको पहिलो खेलमा पाँच पटकको विजेता ब्राजीललाई ट्राइब्रेकरमा ४–२ को गोलअन्तरले पराजित गर्दै क्रोएसिया सेमिफाइनल प्रवेश गरेको हो । क्रोएसियाको जीतसंगै ब्राजिल विश्वकपबाट बाहिरिएर घर फर्किएको छ ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट कुनै गोल हुन नसके पछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा नेयमारको गोलले ब्राजिलले अग्रता लिएको थियो । खेल सकिन ४ मिनेट बाँकी छँदा क्रोएसियाले बराबरी गोल गरे पछि खेल ट्राइब्रेकरमा पुगेको थियो । खेल अवधीभरी उत्कृष्ट बचाउ गरेका क्रोएसियन गोल किप्परले ट्राइबेकरमा पनि ब्राजिलको पहिलो गोल नै रोकेका थिए भने चौथो गोल पोष्टमा लागेर बाहिरिएको थियो । यता क्रोएसियन खेलाडीले लगातार ४ गोल गरे पछि ब्राजिलको चुनौती समाप्त गर्दै क्रेएसियाले सेमिफाईनको यात्रा तय गरेको छ ।
त्यस्तै हिजै राति भएको दोस्रो खेलमा अन्र्जेटिनाले ट्राइबेकरमा नेदरल्याण्डलाई ४–३ ले हराउँदै सेमिफाइनल यात्रा सुरक्षीत गरेको छ । निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको समयमा २–२ गोलको बराबरी अवस्था भए पछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा अन्जेर्टिनी गोल किप्पर मार्टिनेजले उत्कृष्ट बचाउ गरे पछि अर्जेन्टिनाले सेमिफाइनमा क्रोएसियासंगको भेट पक्का गरेको हो ।
प्रकाशित मिति:
शनिबार, मंसिर २४, २०७९, ०६:५९:००