झापा, मंसिर २० । विश्वकप फुटबलको क्वाटरफाइनलमा क्रोएसिया र ब्राजिल खेल्ने भएका छन् । राति भएको खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४–१ ले तथा क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै अन्तिम आठमा पुगेका हुन् । अब यी दुई टोलीले सेमिफाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछन् । राति भएको खेलमा ब्राजिलले दक्षिण कोरियामाथि दबाब जमाएको थियो । ब्राजिलले पहिलो हाफमै ४ गोल गरेको थियो ।
दोस्रो हाफमा दक्षिण कोरियाले एक गोल फर्काएपनि ब्राजिल ४–१ ले विजयी भयो । यस्तै निर्धारित ९० मिनेट र थप गरिएको समयमा १–१ को बराबरी भएपनि पेनाल्टी सुटआउटमा जापानलाई हराउँदै क्रोएसिया अन्तिम आठमा पुगेको हो ।
प्रकाशित मिति:
मंगलबार, मंसिर २०, २०७९, ०८:५४:००