अमेरिकाको न्यूयोर्क र सिङ्गापुर विश्वकै सबैभन्दा महँगा सहर रहेको एक सर्वेक्षणले जनाएको छ । वार्षिक रूपमा सार्वजनिक गरिने इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू)को सर्वेक्षणले अमेरिकाको न्यूयोर्कलाई सबैभन्दा महँगो सहरका रुपमा सूचिकृत गरेको छ भने दोस्रो स्थानमा सिङ्गापुर सहर रहेको छ ।
ईआईयूले दुई सय भन्दा धेरै वस्तु तथा सेवाका चार सय भन्दा धेरै मूल्यलाई विश्वभरका १ सय ७२ सहरमा राखेर तुलना गरेको थियो । ‘कस्ट अफ लिभिङ’ अर्थात जीविका मूल्य सूचकाङ्कका आधारमा गरिएको यो सर्वेक्षणबाट न्यूयोर्क पहिलो पटक सबैभन्दा माथि आएको हो । सर्वेक्षणले विश्वका ठूला सहरहरूको जीवन धान्न लाग्ने खर्च औसत ८ दशमलव १ प्रतिशतले बढेको देखाएको छ । रुस–युक्रेन युद्ध र कोभिड महामारीले पारेको असर त्यसका मुख्य कारण ठानिएको छ ।
प्रकाशित मिति:
आईतबार, मंसिर १८, २०७९, ०९:१८:००