झापा,मंसिर १५ । झापामा चार महिनाको अवधिमा ३७ जनामा एचआइभीको संक्रमण देखिएको छ । यस वर्षको साउनदेखि कात्तिकसम्मको अवधीमा ३७ एचआइभी सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
जिल्लाको दमकस्थित दमक अस्पताल मार्फत औषधि सेवन गर्ने गरी ११ तथा प्रादेशिक अस्पताल भद्रपुर मार्फत औषधि सेवन गर्ने गरी २६ एचआइभी सङ्क्रमित थपिएको फोकल पर्सन वीरेन्द्र दासले बताउनुभयो ।
जिल्लामा हाल छ सय ३६ एचआइभी सङ्क्रमितले नियमित औषधि (एआरटी) सेवन गरिरहेको तथ्याङक रहेको छ । दमक अस्पतालअन्तर्गत दुई सय ११ र प्रादेशिक अस्पताल भद्रपुर अन्तर्गत चार सय २५ जनाले एआरटी औषधि सेवन गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
‘एड्स अन्त्यका लागि समानताको सुनिश्चितता गरौँ’ नाराका साथ झापा लगायत बिश्व भर विविध कार्यक्रम गरी आज ‘विश्व एड्स दिवस’ मनाईदै छ ।
प्रकाशित मिति:
बिहिबार, मंसिर १५, २०७९, १२:२२:००