झापा,मंसिर १३ । झापा १ बाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचितहरुलाई प्रमाणपत्र बितरण गरिएको छ ।
क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यलयले निर्वाचितहरुलाई प्रमाणपत्र बितरण गरेको हो ।
प्रतिनिधिसभामा निर्वाचित नेपाली काँग्रेसका महामन्त्रि बिश्वप्रकाश सर्मा तथा प्रदेशसभामा निर्वाचित गोपाल तामाङ र सबिना बजगाँइलाई निर्वाचन अधिकृत टंक बाहादुर महतले निर्वाचित भएको प्रमाणपत्र बितरण गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल,झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवाली,निर्वाचित सदस्यहरु बिश्वप्रकाश सर्मा,गोपाल तामाङ तथा सबिना बजगाँइ लगायतले मन्तव्य राख्नुभएको थियो ।
प्रकाशित मिति:
मंगलबार, मंसिर १३, २०७९, १६:०२:००