झापा, कार्तिक ७ । चीनको नयाँ प्रधानमन्त्रीमा ली खछ्याङ चयन हुनुहुने भएको छ । ली खछ्याङ पार्टी नेतृत्वबाट बाहिरिएपछि नयाँ प्रधानमन्त्री हुन लाग्नुभएको हो । ली सात सदस्यीय स्थायी समितिमा राष्ट्रपति सीपछि वरियताका दृष्टिले दोस्रो स्थानमा रहनुभएको छ । यसअघि सीपीसीको स्थायी समितिबाट प्रधानमन्त्री ली खछ्याङसहित चार जना नेताहरू बाहिरिएका थिए । नयाँ नेतृत्व चयन गर्दै पार्टीको २०औँ महाअधिवेशन शनिबार सकिएको थियो । प्रत्येक पाँच वर्षमा हुने अधिवेशनबाट पार्टी महासचिवसँगै सात सदस्यीय स्थायी समिति र २५ सदस्य पोलिटव्युरो चयन हुन्छ ।
यसैबीच,चिनियाँ राष्ट्रपति सी जिनफिङले आइतबार बिहान पार्टीको केन्द्रीय समितिले अर्को पाँच वर्षे कार्यकालका लागि महासचिवमा निर्वाचित गरेपछि तेस्रो कार्यकालको पदभार ग्रहण गर्नुभएको छ । बेइजिङको ग्रेट हल अफ द पिपुलमा आफ्नो छोटो विजयी भाषणमा सीले ‘विश्वलाई चीन चाहिन्छ भन्ने जोड दिँदै लगनशीलताका साथ काम गर्ने वाचा गर्नुभएको छ ।
प्रकाशित मिति:
सोमबार, कात्तिक ७, २०७९, ०८:०७:००