झापा, असोज २ । कोरोना भाइरस कोभिड १९ का कराण विश्वभर मृत्यु हुनेको सङ्ख्या ६५ लाख नाघेको छ । हाल सम्म विश्वभरि कोरोनाका कारण ६५ लाख २९ हजार ६ सय ४१ जनाको मृत्यु भएको छ ।
यस्तै कोरोनाका कारण विश्वभर ६१ करोड ६७ लाख ८७ हजार भन्दा बढि मानिसमा कोरोनाको सङ्क्रमण भएको छ भने ५९ करोड ६१ लाख २६ हजार भने निको भएका छन् । कोरोनाका कारण सबै भन्दा बढि अमेरिकामा मात्रै १० लाख ७८ हजार भन्दा धेरैको मृत्यु भएको छ ।
भारतमा कोरोनाका कारण ५ लाख २८ हजार मानिसको मृत्यु भएको छ भने फ्रान्समा १ लाख ५४ हजार मानिसको मृत्यु भएको छ । ब्राजिलमा कोरोनाका कारण ६ लाख ८५ हजार मानिसको मृत्यु भएको छ । जर्मनीमा १ लाख ४८ हजार मानिसको कोरोनाकै कारण मृत्यु भएको छ । बेलायतमा १ लाख ८९ हजार तथा इटलीमा १ लाख ७६ हजार मानिसको मृत्यु भएको छ ।
प्रकाशित मिति:
आईतबार, असोज २, २०७९, ०६:४६:००