मेचीनगर, असार ११ । मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्षदेखि ‘हरियालीको शहर, मेचीनगर’ भन्ने अभियान सञ्चानल गर्ने भएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले शुक्रबार प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा ‘हरियालीको शहर, मेचीनगर’ भन्ने नारालाई अभियानकै रुपमा सञ्चालन गर्ने नीति प्रस्तुत गर्नु भएको छ ।
नगरप्रमुखले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा ‘हरियालीको शहर, मेचीनगर’ को मापदण्ड तयार गरी नगरपालिकाले लगानी गरेका बाटोको दुवै तर्फ बृक्षारोपणलाई अनिवार्य गरिने उल्लेख गरिएको छ ।
नगरको निति तथा कार्यक्रममा भनिएको छ, ‘हरियालीको शहर, मेचीनगर’ अभियान अन्तर्गत तोकिएको मापदण्ड पूरा गरेका र नगरपालिकाको लगानी भएका बाटोको दुवै तर्फ बृक्षारोपण कार्यक्रमलाई अनिवार्य गरिने छ । उक्त कार्यलाई सडकको अभिन्न कार्यको रुपमा जोडिने छ । जसका लागि सडकको लागत अनुमानका क्रममा वृक्षारोपणको लागत अनुमान समेत समावेस गरी फरफारक गर्दा समेत उक्त कार्य भए नभएको ध्यान दिने नीति लिइने छ ।’
प्रकाशित मिति:
शनिबार, असार ११, २०७९, ०८:५८:००