धुलाबारी, असार १० । मेचीनगर नगरपालिकाको आगामी आर्थिक बर्ष २०७९/०८० को बजेट १ अर्ब ३३ करोड हुनेछ । धुलाबारीस्थीत पासाङल्हामू स्मृति जेसीज प्रतिष्ठानमा आयोजित कार्यक्रमका बिच नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले नगरको निति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी बर्ष नगरले लिने निति तथा कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।
२०७९ बैशाख ३० गतेको स्थानीय निर्वाचन पछि गठन भएको पहिलो नगरसभाले नगरको कुल बजेट १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैया निर्धारण गरेको छ । जसमा चालु खर्च ६२ करोड २३ लाख रहेको छ भने पुँजीगत खर्च ७० करोड ४ लाख ४ हजार १६ रुपैया रहेको छ र वित्तिय व्यवस्था खर्च ६ लाख रुपैया रहेको नगरउपप्रमुख मिना उप्रेतीले सार्वजनिक गर्नु भएका मेचीनगर विनियोजन विद्येयक २०७९ मा उल्लेख गरिएको छ ।

निति तथा कार्यक्रम सार्वजनिक समारोहमा प्रमुख अतिथि झापा क्षेत्र नं. १ का संघीय सांसद राम कार्की, प्रदेश सांसद श्रीप्रसाद मैनाली, राधा थापा, निवर्तमान नगरप्रमुख विमल आचार्य, एमाले नेता विष्णु प्रसाई, काँग्रेस नेता मणिकुमार उप्रेती लगायतको उपस्थिति रहेको थियो ।
नगरका बरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्तीले सञ्चालन गरेको कार्यक्रममा उपप्रमुख मिना उप्रेतीले स्वागत मन्तब्य राख्नु भएको थियो ।
प्रकाशित मिति:
शुक्रबार, असार १०, २०७९, १६:३६:००