झापा, असार १० । देशभरका स्थानीय तहहरु आज आगामी आर्थिक बर्षका लागि निति कार्यक्रम तथा बजेट सार्वजनिक गर्दैछन । असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गर्नुपर्ने बाध्यकारी कानुनी व्यवस्था अनुसार आज अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न लागेका हुन ।
केही स्थानीय सरकारले भने यसअघि नै नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसकेका छन् । अन्तरसरकारी वित्त हस्तान्तरण ऐन अनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्छ । विगतमा कतिपय स्थानीय तहले समयमा बजेट नल्याएका कारण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मातहतका निकाय, नगरपालिका तथा गाउँपालिकासँग सम्बन्धित सङ्गठनले पनि स्थानीय तहहरूको ध्यानाकर्षण गराइसकेका छन् । समयमा बजेट नल्याइए सङ्घीय सरकारबाट सम्बन्धित स्थानीयत तहमा जाने अनुदान र राजश्व बाँडफाँटमा समस्या पर्ने चेतावनी अर्थ मन्त्रालयले दिँदै आएको छ । सङ्घ सरकारले गत जेठ १५ र प्रदेश सरकारले यही असार १ गते आगामी आर्थिक वर्षका लागि बजेट ल्याएका थिए ।
यसैबिच झापाका सबैजसो स्थानीय तहले आज नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दैछन । मेचीनगर नगरपालिकाले पनि आज दिउँसो १ बजे आगामी बर्षका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ । झापाको भद्रपुर नगरपालिकाले भने बिहिबार नै निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको बताइएको छ ।
प्रकाशित मिति:
शुक्रबार, असार १०, २०७९, ०८:५०:००