झापा, असार ८ । मङ्कीपक्स भाइरसको सङ्क्रमण विश्वका ४५ मुलुकमा फैलिएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सबैभन्दा धेरै ३० युरोपीय मुलुकमा मङ्कीपक्सको सङ्क्रमण देखिएको छ ।
हालसम्म विश्वभर २ हजार ५ सयभन्दा बढी जनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । सन् २०१३ पछि देखिएको मङ्कीपक्सका कारण पहिलोपटक मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् ।
प्रकाशित मिति:
बुधबार, असार ८, २०७९, ०९:०६:००