धुलाबारी, असार ६ । नेकपा एकीकृत समाजवादी झापाको सचिवमा विपि भट्टराई चयन हुनु भएको छ । नेकपा एस झापा जिल्ला कमिटिको सोमबार बिर्तामोडमा बसेको बैठकले मेचीनगर १० धुलाबारीका भट्टराईलाई जिल्ला सचिवमा चयन गरेको नेकपा एस झापाले जनाएको छ । भट्टराई यस अघि जिल्ला उपसचिव हुनुहुन्थ्यो ।
यस अघिका जिल्ला सचिव मणि भण्डारीलाई केन्द्रिय परिषद सदस्यमा सिफारिस गर्ने निर्णय समेत बैठकले गरेको छ । भण्डारी सहित १० जनालाई केन्द्रिय परिषद सदस्यमा सिफारिस गर्ने निर्णय जिल्ला कमिटिले गरेको नेकपा एसका एक जिल्ला सदस्यले सेतोपत्रलाई जानकारी दिनु भयो ।
जिल्ला अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा सम्पन्न बैठकले स्थानीय निर्वाचनको समिक्षा समेत गरेको थियो । स्थानीय तह निर्वाचनमा पार्टीको कमिकमजोरीलाई आगामी दिनमा सुधार गर्दै आगामी निर्वाचनका लागि पार्टीका सबै तहलाई सक्रिय बनाउने निर्णय गरेको नेकपा एसले जनाएको छ ।
प्रकाशित मिति:
सोमबार, असार ६, २०७९, १९:१७:००