झापा, असार ६ । नेपाली काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले रेलवे प्रभावितहरुलाई मुआब्जा वितरण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष माग गरेका छन ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विहान ११ बजे पुगेका काँग्रेस महामन्त्री शर्मा र थापाले रेलमार्ग निर्माणका लागि दुई बर्षदेखि सरकारले रोक्का गरेको झापा, मोरङ र सुनसरीका जनतालाई तत्काल मुआब्जा वितरण गर्न प्रधानमन्त्री समक्ष माग गरेको काँग्रेस महामन्त्री शर्माले सेतोपत्रलाई जानकारी दिनु भयो ।
रेलमार्ग निर्माण गर्नलाई जग्गा अधिग्रहणमा परेका जनताले मुआव्जा नपाएको गुनासो दिनप्रतिदिन बढेको भन्दै पीडितलाई मुआव्जा वितरण गर्न महामन्त्रीद्वयले प्रधानमन्त्री देउवासमक्ष माग गरेका छन ।
प्रकाशित मिति:
सोमबार, असार ६, २०७९, १६:३८:००