धुलाबारी, जेठ २९ । झापाको धुलाबारीमा शनिबार सम्पन्न भएको एउटा कार्यक्रममा आयोजकका तर्फबाट मायाको चिनोको रुपमा सेनिटरी प्याड अतिथिहरुलाई दिएको थियो । मेचीनगरमा दैनिक रुपमा बढ्दै गएको यौनजन्य हिंसाका घट्ना नियन्त्रण र कानूनी उपचारका बिषयमा सञ्चालन गरिएको कानूनी साक्षरता कार्यक्रमका अतिथिहरुलाई आयोजकका तर्फबाट मायाको चिनो रुपमा सेनिटेरी प्याड प्रदान गरिएको कार्यक्रम संयोजक सृजीत ढुंगानाले जानकारी दिनु भयो ।
मेचीनगर लेडी जेसीज र धुलाबारी जुनियर जेसीजको संयुक्त सहकार्यमा सम्पन्न भएको कार्यक्रममा नेपाल बार एसोसिएशन झापाका सचिव हेमकला कट्टेलले सहजीकरण गर्नु भएको थियो । कट्टेलले यौन दुव्र्यवहार, जबरजस्ती करणी, बलात्कार जस्ता घटनाहरु बढ्दै गएकाले यस्ता घटनाहरु सम्बन्धी हाम्रो देशमा के कस्ता कानुनी प्रावधान छन भन्ने बिषयमा जानकारी गराउनु भएको ढुंगानाले बताउनु भयो ।
मेचीनगर उपप्रमुख मिना उप्रेतीको प्रमुख आतिथ्यता भएको कार्यक्रम मेचीनगर १० धुलाबारीस्थीत इष्ट होराईजन माविको सभाहलमा सम्पन्न भएको थियो । जम्मा ८ सय रुपैया मात्रै खर्चमा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयका ५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम अनु खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति:
आईतबार, जेठ २९, २०७९, २०:५६:००