काठमाण्डौ, जेठ २७ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल लिटरमा ८ रुपैयाँ तथा डिजेल र मट्टितेल लिटरमा १२/१२ रुपैयाँ बढाएको हो ।
मूल्य बढेसँगै अब पेट्रोल लिटरको १७८ रुपैयाँ तिर्नुपर्नेछ । यस्तै डिजेल र मट्टितेल प्रतिलिटर १६५ रुपैयाँ पुगेको छ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्न भने बढाएको छैन । निगमले घाटामा गएको भन्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि बढाएको हो ।
प्रकाशित मिति:
शुक्रबार, जेठ २७, २०७९, ०९:१९:००