झापा, जेठ २७ । राष्ट्रियसभाका सांसदले देशैभरी भएका महिला हिंसा, हत्या र बलात्कारका घटनामा संलग्न व्यक्तिलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको बिहिबारको बैठकको शून्य समयमा सांसद जयन्तीदेवी राईले दार्चुलामा एक महिलालाई जिउँदै जलाएर मारिएको घटनाप्रति भत्र्सना गर्दै दोषी उपर कारवाही गर्न माग गर्नुभयो ।
सांसद नरबहादुर विष्टले सामाजिक सञ्जालमा महिला हिंसाका घटनाबारे भएका जथाभावी अश्लील भिडियो प्रसारण गर्ने व्यक्तिलाई कारवाही गर्न माग गर्नुभयो । सांसद तुलप्रसाद विश्वकर्माले नवलपरासी–पूर्वमा पछिल्लो समयमा भएको जातीय भेदभाव तथा छुवाछूतको घटनालाई जवरजस्ती मिलापत्र गरिएको भन्दै आपत्ति जनाउनुभयो ।
प्रकाशित मिति:
शुक्रबार, जेठ २७, २०७९, ०८:५६:००