झापा, जेठ २७ । सरकारले १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिने भएको छ । आजदेखि १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिन लागिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख सागर दाहालले बताउनुभयो ।
यसअघि कोरोनाविरुद्धको दुई मात्रा खोप लगाएर तीन महिना पूरा गरेर बालबालिकालाई आजदेखि बुस्टर मात्रा पनि दिने निर्णय भएको उहाँले बताउनुभयो । उनीहरुले बुस्टर मात्रा मोर्डना तथा फाइजर जुन लगाए पनि हुने उहाँको भनाइ छ ।
१२ देखि १७ वर्षसम्मका बालबालिकालाई यसअघि सरकारले पहिलो र दोस्रो मात्राको रूपाम मोडर्ना तथा फाइजर खोप दिएको थियो । यस्तै सरकारले असार ९ गतेबाट ५ देखि ११ वर्ष उमेर समुहका बालबालिकालाई पनि कोरोनाविरुद्धको फाइजर खोप दिने तयारी गरेको छ ।
प्रकाशित मिति:
शुक्रबार, जेठ २७, २०७९, ०८:४९:००