मेचीनगर, जेठ २२ । विश्व वातावरण दिवसको अवसर पारेर मेचीनगर नगरपालिका वडा नं. ७ का विभिन्न स्थानमा बृक्षारोपण गरिएको छ । वडा कार्यालयको अगुवाईमा वडाका सरस्वती मावि इटाभट्टा, शसस्त्र प्रहरी पोष्ट सतिघट्टा र नयाँ बसपार्क प्यारीभिट्टा क्षेत्रमा विभिन्न जातका दुई सयवटा विरुवा रोपिएको मेचीनगर ७ का वडा अध्यक्ष प्रल्हादमणी ओलीले बताउनु भयो ।
अमला, सिसौ, सिरिस, अम्बक, रामबृक्ष, अर्जुन फल, जढुल, इन्चाक लगायतका विरुवा आज विहान वडाका जनप्रनितिधि र स्थानीयहरुको सहभागिता रोप्ने काम भएको वडा अध्यक्ष ओलीले बताउनु भयो ।
प्रकाशित मिति:
आईतबार, जेठ २२, २०७९, ११:४७:००