झापा, जेठ २२ । मेचीनगर १० स्थीत धुलाबारी चोकको एउटा पसलमा आगलागी भएको छ । केही बेर अघि सुरु भएको आगलागी अहिले मेचीनगर, भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीय सहयोगमा नियन्त्रणको प्रयास गरिरहेका छन ।
धुलाबारी मोड दक्षीणको पाथिभरा भेराइटिजमा लागेको आगोले पसल पुर्ण रुपमा नष्ट भएको मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले जानकारी दिनु भयो । ‘महङ्गो सामन भएको इलोक्ट्रोनिक पसल हो,’ अध्यक्ष तिम्सिनाले भन्नुभयो, ‘पुरै जल्यो, निक्कै ठुलो क्षती भएको अनुमान गरेका छौं ।’
इलोक्ट्रोनिकका सामनको पसल भएकाले करोड बढीको क्षति भएको हुन सक्ने प्रारभ्भिक अनुमान गरिएको छ । निलचल पाण्डाले सञ्चालन गरेको उक्त पसलमा आगलागीको कारण भने पत्ता नलागेको अध्यक्ष तिम्सिनाले बताउनु भयो ।
प्रकाशित मिति:
आईतबार, जेठ २२, २०७९, ११:३०:००