झापा, जेठ २१ । छिमेकी देश भारतमा फेरि कोरोना संक्रमणदर बढेको छ । भारतमा शुक्रबार एकै दिन ४ हजार ४१ जना नयाँ संक्रमित भेटिएका त्याहाँको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या ११ मार्च पछिकै सबैभन्दा धेरै हो ।
यस अघि पनि भारतमा कोरोना संक्रमण बढ्दा नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको थियो । त्यसैले पनि पछिल्ला दिनमा भारतमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले खुला सिमाना र भारतसंगको आवत जावत बढी भएका कारण पनि नेपाल कोरोनाको पुन जोखिममा परेको छ ।
महामारी सुरु भएपछि भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २४ हजार ६५१ जनाको मृत्यु भइसकेको छ । तर, कोभिडबाट मृत्यु हुनेको संख्या सरकारले सार्वजनिक गरेको तथ्याङ्कभन्दा बढी भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
यसअघि कोभिडको हटस्पट बनेको महाराष्ट्र प्रान्तमा अहिले पनि धेरै संक्रमित देखिएका छन । बढ्दो संक्रमण नियन्त्रण गर्न केन्द्रिय स्वास्थ्य मन्त्रालयले महाराष्ट्र, केरला, तेलंगना, कर्नाटक र तमिल नाडु राज्य सरकारलाई पत्राचार गरिसकेको छ । भारतमा हालसम्म ८५ करोड १७ लाखभन्दा बढीको कोभिड परीक्षण गरिएको छ ।
प्रकाशित मिति:
शनिबार, जेठ २१, २०७९, ०८:४७:००