झापा, जेठ २० । नेकपा एमालेको केन्द्रिय विभागको सदस्यमा झापाका सन्तोस आचार्य चयन हुनु भएको छ । एमालेले सार्वजनिक गरेको खानेपानी तथा सरसफाई विभागको सदस्यमा झापा मेचीनगर ६ का आचार्यलाई सदस्य चयन गरेको छ ।
एमाले नेता झपट रावल प्रमुख रहेको उक्त विभागमा आचार्य सहित इन्द्रबहादुर तामाङ, गोकर्ण ढुंगाना, नवराज काफ्ले, दीपक अधिकारी, देवेन्द्र रावल, गोकुल पौडेल, शालिकराम भण्डारी, शान्ता बस्याल, राजनराज पाण्डे र एल उपाध्याय सदस्यमा मनोनीत भएका छन ।
नेकपा एमालेमा केन्द्रिय विभाग सदस्यको पाटीै प्रदेश कमिटि सदस्य सरहको हैसियत हुने प्रावधान छ । पत्रकारिता क्षेत्रबाट राजनितिमा प्रवेश गर्नु भएका आचार्य प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य समेत रहनु भएको छ ।
प्रकाशित मिति:
शुक्रबार, जेठ २०, २०७९, १८:२१:००