झापा, जेठ १७ । झापा फुटबल क्लब एक खेल बाँकी हुँदै सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हिजो भएको खेलमा वीरगञ्ज युथ एकेडेमीमाथि ५–० को फराकिलो जित निकाल्दै झापा ‘बी’ डिभिजनमा बढुवा भएको हो ।
शीर्षस्थानमा रहेको झापाले १२ खेलबाट ३१ अंक जोडेको छ । झापासँगको हारसँगै वीरगन्ज रेलिगेसनमा परेको छ ।
प्रकाशित मिति:
मंगलबार, जेठ १७, २०७९, ०८:५९:००