काठमाण्डौ, जेठ १२ । नेपाल सरकारले नेपालमा मङ्किपक्सको सङ्क्रमण प्रवेश गर्न नदिनका लागि पूर्व तयारी सुरु गरेको छ । अफ्रिकी मुलुकसहित विश्वका १८ देशमा फैलिसकेको मङ्किपक्सको सङ्क्रमण नेपालमा प्रवेश गर्न नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पूर्व तयारी सुरु गरेको हो ।
मन्त्रालयका अनुसार हालसम्म दक्षिण एशियाली मुलुकहरूमा यो रोगको सङ्क्रमण नदेखिएको भएपनि नेपालमा सङ्क्रमण रोकथामका लागि उपायहरू अपनाइएको छ । मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले मङ्किपक्सको सङ्क्रमण प्रवेश गर्न नदिन बाह्य मुलुकबाट आउने मानिसलाई दुई हप्ता क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभयो ।
मङ्किपक्सको सङ्क्रमण भएमा मानिसमा ज्वरो आउने, टाउको दुख्ने, जीउ सुन्निने, ढाड दुख्ने, मांसपेशी दुख्ने, छटपटी हुने जस्ता लक्षण देखिने चिकित्सकले बताएका छन् । मङ्किपक्स अहिलेसम्म विश्वका १६ देशमा फैलिसकेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
प्रकाशित मिति:
बिहिबार, जेठ १२, २०७९, ०९:१८:००