झापा, जेठ ५ । मेचीनगर नगरपालिकामा मतगणना जारी छ । आज विहान १० बजेसम्म १७ हजार ४६१ मत गणना भइसकेको छ । वडा नं. १, २, ३ र १४ को अन्तिम परिणाम घोषणा भइसकेको मेचीनगरमा अहिले वडा नं. १५ को गणना अन्तिम पुगेको अवस्था छ भने वडा नं. ३ र १३ को गणना जारी छ ।
अहिलेसम्मको अवस्थामा नगर प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेद्वारहरुले अग्रता लिइरहनु भएको छ । ताजा जानकारी अनुसार प्रमुखमा एमालेका उम्मेद्वार गोपालचन्द्र बुढाथोकीले ६६४८ र काँग्रेस इन्द्र बहादुर बुढाथोकीले ६०६० मत प्राप्त गर्नु भएको छ । त्यस्तै प्रमुखमा कुखुराको भाले १०४४, हलो ९०३, साइकल ४७, हाँस ३७ र खानेपानीको धारा २ मत प्राप्त गरेको छ ।
त्यसैगरी उपप्रमुखमा एमालेकी मिना उप्रेतीले ६१०० र माओवादीका प्रकाश भण्डारीले ३९३३ मत प्राप्त गर्नु भएको छ । त्यस्तै अन्य चुनाव चिन्ह हलो २००८, कुखुराको भाले ११०४, खानेपानीको धारा १०८, साइकल ६८ र कलम ६७ मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ । अहिलेसम्मको मतगणनामा ४९८ मत पुर्ण बदर भएको छ । मेचीनगरमा ६३ हजार ३३९ मत खसेको छ ।
प्रकाशित मिति:
बिहिबार, जेठ ५, २०७९, ११:०२:००