झापा, जेठ ४ । झापाको ४ वटा पालिकाको मतगणना सकिएको छ । जसमा नेकपा एमालेले दुई वटा पालिकाको प्रमुख जितेर अग्रता लिएको छ । १५ पालिका मध्ये ४ वटा पालिकाको अन्तिम परिणाम घोषणा भएको हो । जसमा कन्काई नगरपालिकाको प्रमुखमा एमालेका राजेन्द्र पोखरेल निर्वाचित हुनु भएको छ भने उपप्रमुखमा काँग्रेसकी आशा शर्मा सिवाकोटी निर्वाचित हुनु भएको छ ।
कचनकवल गाउँपालिका अध्यक्षमा काँग्रेसका कालेन्द्र राजवंशी निर्वाचित हुनु भएको छ भने उपाध्यक्षमा एमालेका नवराज भट्टराई निर्वाचित हुनु भएको छ । हल्दिबारी गाउँपालिका अध्यक्षमा राप्रपाका रबिन्द्र प्रसाद लिङदेन निर्वार्चत हुदाँ उपाध्यक्षमा राप्रपाकै लक्ष्मीदेवी मैनाली निर्वाचित हुनु भएको छ ।
त्यस्तै बाह्रदशी गाउँपालिका अध्यक्षमा एमालेका देवेन्द्र चौलागाई निर्वाचित हुनु भएको छ भने उपाध्यक्षमा शान्तदेवी सिवाकाटी निर्वाचित हुनु भएको छ ।
प्रकाशित मिति:
बुधबार, जेठ ४, २०७९, ०९:५२:००