जेठ १ । भारत सरकारले गहुँ निर्यातमा रोक लगाएको छ । भारत सरकारले घरेलु बजारमा गहुँको मूल्य अत्यधिक बढेपछि निर्यातमा रोक लगाएको हो । भारत सरकारले सूचना जारी गर्दै छिमेकी मुलुक र अन्य आवश्यकता रहेको मुलुकको खाद्य सुरक्षा जोखिममा रहेको पनि जनाएको छ ।
बीबीसीले लेखे अनुसार देशको समग्र खाद्य सुरक्षाको प्रबन्धन मिलाउन र छिमेकी तथा आवश्यकता रहेका मुलुकलाई ध्यानमा राखेर यो निर्णय भारत सरकारले बताएको हो । एक वर्ष अघि भारतको खुद्रा बजारमा गहुँको पिठोको मूल्य १८ सय ८० रुपैयाँ प्रति क्विन्टल थियो भने हाल त्यो मूल्य बढेर ३१ सय ९१ क्विन्टल पुगेको छ । भारतले गहुँ निर्यातमा रोक लगाएपछि नेपाली बजारमा त्यसको प्रभाव पर्ने देखिएको छ ।
प्रकाशित मिति:
आईतबार, जेठ १, २०७९, ०७:३१:००