झापा, बैशाख ३१ । मेचीनगर नगरपालिकाको मतगणना अहिले विहान ८ बजेदेखि सुरु हुने भएको छ । मतपेटिका बुझाउने काम नै हिजो मध्यरातिसम्म लागेकाले आज विहान ८ बजेदेखि मतगणना सुरु गरिने मेचीनगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
विहान ८ बजे सर्वदलिय बैठक गरेर मतगणना सुरु गर्ने तयारी गरेको मेचीनगरका निर्वाचन अधिकृत वेदराज फुयलले बताउनु भयो ।
मेचीनगरका १५ वटा वडाका १८९ मतपेटिकामा मतपत्र राखिएको छ । सबै मतपेटिका निर्वाचन अधिकृतको कार्यालय मेचीनगरमा कडा सुरक्षा घेरामा राखिएको निर्वाचन अधिकृत फुयलले जानकारी दिनु भयो ।
हिजो सम्पन्न मतदानमा मेचीनगरमा ७०.२२ प्रतिशत मत खसेको थियो । नगरका ९० हजार २०२ मतदाता मध्ये ६३ हजार ३३९ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ ।
प्रकाशित मिति:
शनिबार, वैशाख ३१, २०७९, ०५:५४:००