झापा, बैशाख ३० । आज सम्पन्न भएको स्थानीय तह निर्वाचनमा मेचीनगरमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । नगरमा कुल ९० हजार २०२ मतदाता मध्ये ६३ हजार ६८८ जनाले मतदान गरेका छन ।
मेचीनगरको वडा नं. १ मा ३५१६ मत खसेको छ भने वडा नं. २ मा ३६४९ मत खसेको छ । त्यस्तै वडा नं. ३ मा ३९२८ मत खसेको छ । वडा नं. ४ मा ३०७५, वडा नं. ५ मा २८३३, वडा नं. ६ मा ७७४०, वडा नं. ७ मा ६१३५, वडा नं. ८ मा ४२६९, वडा नं. ९ मा ५८९५ मत खसेको छ ।
त्यसैगरी वडा नं. १० मा ६०७५ मत खसेको छ भने वडा नं. ११ मा २९८९, वडा नं. १२ मा ३३३८, वडा नं. १३ मा ३०६६, वडा नं. १४ मा ३२६२ र वडा नं. १५ मा ३९१८ मत खसेको हो ।
अहिले मतदान सम्पन्न भइसके पछि नगरका ३५ मतदानस्थलका १०२ मतदान केन्द्रबाट मतपेटिका इटाभट्टास्थीत नगरपालिका कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति:
शुक्रबार, वैशाख ३०, २०७९, १९:४७:००