झापा, बैशाख ३० । झापाकाे मेचीनगर नगरपालिकामा ७० प्रतिशत भन्दा बढी मतदान भएकाे छ । आज सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गतकाे मतदानमा मेचीनगरमा ६३ हजार ६८८ मत खसेकाे छ ।
१५ वटै वडामा खसेकाे मतकाे संख्याका आधारमा मेचीनगरमा ७०.६० प्रतिशत मत खसेकाे हाे । नगरमा ९० हजार २०२ मतदाता रहेका थिए ।
प्रकाशित मिति:
शुक्रबार, वैशाख ३०, २०७९, १९:०६:००