झापा, बैशाख २९ । भोलि हुने निर्वाचनका लागि मेचीनगरका विभिन्न पदका उम्मेद्वारले आ आफ्नो वडाको मतदान केन्द्रबाट मतदान गर्दैछन । गठबन्धन दलका नगरप्रमुख पदका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकीले मेचीनगर १० स्थीत शिशु साक्षर आधारभुत विद्यालय खयरडाँगीको मतदान केन्द्रबाट मतदान गर्नु हुनेछ । गठबन्धन दलका उपप्रमुख पदका उम्मेद्वार प्रकाश भण्डारीले मेचीनगर ९ स्थीत कविशिरोमणी माविको मतदान केन्द्रबाट मतदान गर्नु हुनेछ ।
त्यस्तै नेकपा एमालेका प्रमुख पदका उम्मेद्वार गोपालचन्द्र बुढाथोकीले मेचीनगर ९ स्थीत हरि आधारभुत विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नु हुनेछ भने उपप्रमुख मिना उप्रेतीले मेचीनगर ६ स्थीत काकरभिट्टा क्याम्पसको मतदान केन्द्रबाट मतदान गर्नु हुनेछ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख पदका उम्मेद्वार रमेश दाहालले मेचीनगर ४ स्थीत सरस्वती माविको मतदान केन्द्रबाट मतदान गर्नु हुनेछ भने राप्रपाका उपप्रमुखका उम्मेद्वार सविना बजगाईले मेचीनगर १३ स्थीत शहिद दशरथचन्द मावि चारआलीको केन्द्रबाट मतदान गर्नु हुनेछ । त्यसैगरी उपप्रमुख पदका स्वतन्त्र उम्मेद्वार डिल्लिराम घिमिरेले मेचीनगर ६ स्थीत काकरभिट्टा माविको केन्द्रबाट मतदान गर्नु हुनेछ ।
प्रकाशित मिति:
बिहिबार, वैशाख २९, २०७९, १६:५२:००