झापा, बैशाख २८ । पर्सि हुने स्थानीय तह निर्वाचनका लागि मतदाता परिचय पत्र नभएका मतदाताहरुले नेपाली नागरिकताको प्रमाण पत्र वा अन्य सरकारी कागजको सल्लक प्रति देखाएर पनि मतदान गर्न पाउने भएका छन ।
मतदाता नामावलीमा नाम भएकाहरुले नागरिकता वा राष्ट्रिय परिचय पत्र वा राहदानी वा जग्गाधनी पुर्जा प्रमाण पत्रको सक्कल कागज देखाएर मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले भनेका कागजात देखाएर मतदान गर्न पाइने भए पनि सम्बन्धीत व्यक्तिको नाम मतदाताको अन्तिम नामावलीमा भने समावेश भएको हुनु पर्नेछ । मतदाता नामावलीमा नाम नभएका व्यक्तिले जुनसुकै कागज देखाए पनि मतदान गर्न नपाईने निर्वाचन आयोगका प्रवक्त शालिग्राम पौडेलले बताउनु भयो ।
प्रकाशित मिति:
बुधबार, वैशाख २८, २०७९, २१:११:००