झापा, बैशाख २८ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्रहरुमा तयारी सुरु भएको छ । आजदेखि मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरु मतदान केन्द्रको तयारीमा जुटेका छन ।
झापाका सबै मतदान केन्द्रहरुमा मतदान अधिकृत सहितका अन्य सबै कर्मचारी र सुरक्षाकर्मीहरु पुगिसकेको जिल्ला निर्वाचन कार्यालय झापले जनाएको छ । आज विहानै देखि मतदान केन्द्रहरुमा मतदान गर्ने प्रक्रियाका लागि आवश्यक तयारी सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ ।
मेचीनगर ७ को एउटा मतदान केन्द्रमा एक मतदातादाई परिचय पत्र बितरण गर्दै निर्वाचनका कर्मचारी ।
मतदातालाई सजीलो हुने गरी मतदान केन्द्रको व्यवस्थापन गरिएको मेचीनगर ७ स्थीत सरस्वती आधारभुत विद्यालयकी मतदान अधिकृत उर्मिला सापकोटाले बताउनु भयो । मतदान केन्द्रमा मत दिन आएका सबै मतदाताहरुलाई सजिलो हुने गरी र अशक्त र अपाङ्ग मतदाताहरुलाई लाइनमा नबसी नै मतदान गर्ने व्यवस्था मिलाईएको मेचीनगर ८ स्थीत विद्योदय आधारभुत विद्यालयका सहायक मतदान अधिकृत राजन पोखरेलले बताउनु भयो । मौषम विभागले बैशाख ३० गते पानी पर्ने सभ्भावना रहेको बताएकाले त्यसलाई समेत ध्यानमा राखेर मतदान केन्द्र व्यवस्थापन गरिएको पोखरेलले बताउनु भयो ।
मेचीनगर १० स्थीत धुलाबारी माविमा मतदाता परिचय पत्र वितरण गरिदैं ।
यसै बिच पर्सि हुने स्थानीय तह निर्वाचनका लागि मतदाता परिचयपत्र वितरणको काम जारी छ । निर्वाचन आयोगले शुक्रवार हुने स्थानीय तहको निर्वाचनका लागि नयाँ थपिएका मतदातालाई आजबाट परिचयपत्र वितरणसँगै मतदाता शिक्षा दिने काम पनि सुरु गरेको छ । भोलिपनि परिचयपत्र वितरण र मतदाता शिक्षाको काम जारी रहने आयोगले जनाएको छ । त्यसका लागि ७५३ पालिकाका १० हजार ७ सय ५६ मतदान स्थलमा मतदान अधिकृतसहितको सामग्री पुगेको निर्वाचन आयोगले जनाएको छ । मतदान गर्नका लागि १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने छ । नयाँ मतदाता परिचय पत्र लिन आउने नागरिकलाई अनिवार्य मतदानसम्बन्धी शिक्षा दिएर पठाउने गरिएको छ । आयोगका अनुसार वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले स्थानीय निर्वाचनमा मतदान गर्न पाउने छन् ।
प्रकाशित मिति:
बुधबार, वैशाख २८, २०७९, २०:३३:००