मेचीनगर, बैशाख २० । मेचीनगर नगरपालिकाको उपप्रमुखमा राप्रपाबाट उम्मेद्वार बन्नु भएकी सविना बजगाईले आफु सबैको साझा उम्मेद्वार भएको बताउनु भएको छ । घरदैलो कार्यक्रममा रहकै बेला पत्रकारहरुसंग कुराकानी गर्दै ठुला भनिएका दलले नगरपालिकामा नेतृत्व गरेर पनि आम नगरबासीको पक्षमा काम गर्न नसकेकाले पनि यो चुनावमा आफुलाई सबैले मतदान गर्ने सविनाले दाबी गर्नु भयो ।
‘चुनाव प्रचारमा हिड्दा गाउँ गाउँमा उत्साह देखेको छु,’ मेचीनगर ९ को घरदैलो कार्यक्रममा भेटिनु भएकी सविनाले भन्नुभयो, ‘सबैतिर काँग्रेस, एमाले र माओवादीसंग जनताको आक्रोस देखेकी छु ।’
घरदैलोमा जाँदा सबैको माया पाएको र सबैले यसपाली राप्रपालाई भोट दिने भनिरहेका कारण पनि आफु सबैको साझा उम्मेद्वारका रुपमा रहेको सविनाले बताउनु भयो । ‘नगरबासी सबै तिरबाट वाक्क भइसकेका रैछन’ वहाँले भन्नुभयो, ‘अब राप्रपालाई एक मौका दिने सबैले खुलेरै भन्न थालेको छन ।’
ठुला भनिएका दलहरुले सहर केन्द्रित देखावटी मात्रै काम गरेको भए पनि नगरका भित्रि गाउँ जनताका लागि अहिलेसम्म नगरपालिकाको पहँुच नै पुग्न नसकेका कारण पनि त्यसमा राप्रपाको नेतृत्वले मसिनो ढंगबाट काम गर्ने सविनाले बताउनु भयो ।
यो पटकको चुनावमा पहिलो रोजाईमा राप्रपा नै परेकाले पनि आफु विजयी हुने कुरामा ढुक्क रहेको सविनाले बताउनु भयो ।
प्रकाशित मिति:
मंगलबार, वैशाख २०, २०७९, १२:२४:००