झापा, बैशाख ८ । छिमेकी देश भारतमा कोरोना संक्रमण उच्च दरमा बढ्न थाले पछि त्यसको असर नेपालमा पर्न सक्ने देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज एक बिज्ञप्ती जारी गरी सबै नेपाली नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालयको बिज्ञप्तीमा भनिएको छ,‘कोभिड १९ संक्रमण दर भारत लगायत छिमेकी राष्ट्रहरुमा पछिल्ला केहि दिनमा बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा संक्रमणको जोखिम कायम नै रहेकाले संक्रमण रोगकाम र नियन्त्रण लागि प्रभावकारी भुमिका बढाउन संवेदनशील भइ जिम्मेवार बनी जनस्वास्थ्यको मापदण्डको पालना गर्न गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बन्धीत सबैमा हार्दिक अनुरोध गर्दछ ।’
सबै नागरिकलाई कोरोना बिरुद्धको खोप लगाउन पनि आग्रह गरेको छ । खोपको दोस्रो मात्रा लगाएको ३ महिना पछि बुस्टर डोज लगाउन पनि मन्त्रालयले आव्हान गरेको छ । यस अघि कोरोना बिरुद्धको दोस्रो खोप लगाएको ६ महिना पछि मात्रै बुस्टर डोज लगाउने सरकारले जनाएको थियो ।
पछिल्लो केही दिनमा भारतको राजधानी दिल्ली र आर्थिक राजधानी भनिने मुम्बइमा दैनिक हजारौंमा कोरोना संक्रमण फैलिन थालेको छ । भारतमा कोरोनाका कारण हुने मृत्यु दर समेत बढेको छ ।

प्रकाशित मिति:
बिहिबार, वैशाख ८, २०७९, १६:२०:००