काठमाण्डौ, बैशाख ८ । नेपालमा कोरोना बिरुद्धको पूर्ण खोप लगाउने नागरिक ८४ प्रतिशत पुगेका छन । चैत मसान्त भित्रमा लक्षित बर्ग सबैमा कोरोना विरुद्धको खोप लगाउने बताउँदै आएको सरकारले उक्त अवधीमा ८४ प्रतिशतले मात्रै पूर्ण खोप लगाएको जनाएको छ ।
बुधबार पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. संगिता मिश्राले एक मात्रा खोप लगाउनेको संख्या भने ९६ प्रतिशत पुगेको बताउनुभयो । हाल कोरोनाको सङ्क्रमणदर घटेपनि भारतमा फेरि सङ्क्रमण दर बढेकाले नेपालमा असर पर्न सक्ने भन्दै सचेत रहन विज्ञहरूले सुझाव दिएका छन् ।
प्रकाशित मिति:
बिहिबार, वैशाख ८, २०७९, ०९:१८:००