झापा, चैत १६ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय वरियतामा नेपाल दुइ स्थान तल झरेको छ । यअअघि १६ औँ स्थानमा रहेको नेपाल आईसीसीको नयाँ वरीयतामा १८ औं स्थानमा छ । नेपालले हालै पपुवा न्युगिनी (पीएनजी) विरुद्धको एकदिवसीय श्रृङ्खला गुमाएको थियो ।
टी–ट्वान्टी वरियतामा भने नेपाल यथावत अर्थात १३ आँै स्थानमा छ । एकदिवसीय वरियतामा न्युजिल्याण्ड पहिलो, इङ्ग्ल्यान्ड दोस्रो, अष्ट्रेलिया तेस्रो, भारत चौंथो र दक्षिण अफ्रीका पाँचौं स्थानमा छ ।
प्रकाशित मिति:
बुधबार, चैत १६, २०७८, १०:००:००