झापा, चैत १४ । त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय श्रृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई हराउदै विजयी सुरुआत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज भएको खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले हराउँदै नेपाल विजयी भएको हो । अघिल्लो दूई खेलमा नेपाल पीएनजीसंग हार बेहोरेको थियो ।
नेपालले दुई खेलको एकदिवसीय सिरिज २–० ले गुमाएको थियो । नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ६८ रन मात्र बनाउन सक्यो । यस अघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ४३ रन बनाए । अब नेपालले दोस्रो खेलमा पर्सि मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । सिरिजमा नेपाल, पीएनजी र मलेसियाको सहभागिता रहेको छ । श्रृङ्खला अन्तर्गत नेपालले पीएनजी र मलेसियाविरुद्ध दुई–दुई खेल खेल्नेछ ।
प्रकाशित मिति:
सोमबार, चैत १४, २०७८, १८:५८:००