झापा, चैत १३ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछन् । आजको हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । दिल्ली र मुम्बईबीचको खेल दिउँसो ३ः ४५ बजे मुम्बईको ब्राब्रौन स्टेडियममा हुनेछ । यस्तै आजै हुने दोस्रो खेलमा पन्जाब किङ्स र रोयल च्यालेन्जर्स बैङ्गलोरबीच प्रतिस्पर्धा हुनेछ ।
पन्जाब र बैङ्गलोरबीचको खेल साँझ ७ः ४५ बजे मुम्बईकै डीपाई पाटील स्टेडियममा हुनेछ । यसअघि, हिजो भएको उद्घाटन खेलमा कोलकत्ता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराएको थियो । मुम्बईस्थित वान्खेडे स्टेडियममा भएको खेलमा साविक विजेता चेन्नईले दिएको १ सय ३२ रनको लक्ष्य कोलकत्ताले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा ग¥यो । जितसँगै कोलकत्ताले पहिलो खेलमा २ अङ्क जोडेको छ । यस पटकको आईपीएलमा १० टोलीको सहभागिता रहेको छ ।
प्रकाशित मिति:
आईतबार, चैत १३, २०७८, ११:५७:००