झापा, चैत १२ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आजबाट सुरु हुँदैछ । आईपीएल अन्तर्गत पहिलो दिन आज एकमात्र खेल हुनेछ । मुम्बईको वान्खडे स्टेडियममा हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।
चेन्नई र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै नयाँ सिजनमा सुखद सुरुवात गर्न चाहन्छ । गत संस्करण दुबै भेटमा चेन्नईले जित निकालेको थियो । यस पटकको आईपीएलमा १० टोलीको सहभागिता रहेको छ । लिगको ७० र ४ प्ले अफ खेलहरू ६५ दिनमा सकिने छ ।
प्रकाशित मिति:
शनिबार, चैत १२, २०७८, ०९:२०:००