झापा, चैत १० । आज विश्व क्षयरोगविरुद्धको दिवस मनाइँदैछ । ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरेर नेपालमा पनि यो दिवस मनाइँदै छ ।
सरकारले क्षयरोगको औषधि उपचार निःशुल्क दिँदै आएपनि चेतनाको अभावका कारण अझैँ पनि रोग लुकाउने गरेका छन् । सुक्खा खोकी लाग्ने, शरीरको तौल घट्ने र रातिराति ज्वरो आउने लक्षण देखिए क्षयरोग भएको हुनसक्ने चिकित्सकहरू बताउँछन् ।
कतिपयलाई भने क्षयरोगको लक्षण देखिँदैन । क्षयरोगको लक्षण देखिए वा क्षयरोग भएकाहरूको सम्पर्कमा पुगेको भए स्वास्थ्य परीक्षण गर्न राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले अनुरोध गरेको छ ।
प्रकाशित मिति:
बिहिबार, चैत १०, २०७८, १२:००:००