झापा, चैत ७ । हवाई तथा नेपालका सीमा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले अब अनिवार्य कोरोना परिक्षण गर्नु नपर्ने भएको छ । सरकारले कोभिड–१९ को जोखिम कम हुँदै गएपछि अनिवार्य कोरोना परीक्षणको व्यवस्था हटाएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार सूचना जारी गर्दै यसअघिको अनिवार्य कोभिड–१९ को परीक्षणलाई हटाएको जानकारी गराएको हो ।
मन्त्रालयका अनुसार अब कोभिड–१९ को पूर्ण मात्र खोप प्राप्त नगरेका वा ७२ घण्टा कोभिड–१९ को परीक्षण नेगेटिभ नभएकाले मात्रै कोभिड–१९ परीक्षण गर्नुपर्ने छ । यस्तै पूर्ण खोप लगाएको वा ७२ घण्टा भित्रको परीक्षण नेगेटिभ भएपनि कोभिड–१९ को सङ्क्रमणको लक्षण भएका र ५ वर्ष माथिका कोभिड १९ को पूर्ण खोप नपाएकाहरुले सिमा नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा कोभिड–१९ को अनिवार्य परीक्षण गर्ने पर्ने व्यवस्था गरिएको छ ।
प्रकाशित मिति:
सोमबार, चैत ७, २०७८, ०८:३४:००