धुलाबारी, फागुन ३० । झापाको मेचीनगर नगरपालिकास्तरिय राष्ट्रपति कप खेलकुद प्रतियोगिता आजदेखि सुरु भएको छ । धुलाबारी माविको खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको आज बिहान एक कार्यक्रमका बिच मेचीनगरका प्रमुख विमल आचार्यले उदघाटन गर्नु भएको हो ।
नगरका ५८ वटा माविहरुले सहभागिता जनाएको प्रतियोगितामाको उदघाटन सत्रमा प्रमुख अतिथि आचार्य, उपप्रमुख मिना उप्रेती, नगरशिक्षा अधिकारी होमनाथ भण्डारी, मेचीनगर १० का वडा अध्यक्ष तथा नेपाली काँग्रेसका नगरसभापति सुवेशकुमार पनेरु लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
प्रतियोगिता अन्तर्गत ट्रयाक तर्फ ८ वटा, फिल्ड तर्फ ७ वटा, कराते तर्फ ६ वटा र तेक्वान्दो तर्फ ६ वटा बिधामा खेलहरु सञ्चालन हुने राष्ट्रिपति कप खेलकुद प्रतियोगिता मेचीनगरका संयोजक बिक्रम क्षेत्रीले जानकारी दिनु भयो ।
धुलाबारी माविका प्रधानअध्यापक महेन्द्र विलाश लुइटेलले स्वागत मन्तब्य राख्नु भएको प्रतियोगिताको उदघाटन सत्र संयोजक क्षेत्रीको सभापतित्व तथा शिक्षक मिलन कुमार ढुंगानाको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति:
सोमबार, फागुन ३०, २०७८, ११:३४:००