काठमाण्डौ, फागुन २९ । नेपाली राष्ट्रिय क्रिकेट टिमले घरेलु मैदानमा खेल्ने एकदिवसीय र त्रिदेशीय टी–ट्वान्टी सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार पपुवा न्युगिनी पीएनजीसँगको एकदिवसीय र पीएनजी र मलेसियासँगको त्रिदेशीय टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।
नेपालले पीएनजीसँग मार्चमा दुई खेलको एकदिवसीय सिरिज खेल्ने छ । टियु क्रिकेट मैदानमा हुने सिरिजको पहिलो खेल मार्च २५ र दोस्रो खेल २६ मा हुनेछ । यस्तै नेपालले टियुमै पीएनजी र मलेसियासँग त्रिदेशीय टी–ट्वान्टी सिरिज खेल्नेछ । त्रिदेशीय सिरिज मार्च २८ देखि अप्रिल ४ सम्म हुनेछ ।टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले मार्च २८ मा पीएनजीसँग खेल्नेछ । नेपालले मार्च ३० मा मलेसियासँग खेल्दा मार्च ३१ मा पीएनजीसँग खेल्नेछ । नेपालले मलेसियासँग अप्रिल २ मा पुन खेल्नेछ ।फाइनल अप्रिल ४ मा हुनेछ ।
प्रकाशित मिति:
आईतबार, फागुन २९, २०७८, ०९:१२:००