झापा, माघ २३ । भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख ६ हजार ६ सय ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज भारतमा ८ सय ६५ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट ५ लाख १ हजार ९ सय ७९ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतमा लगातार कोरोना सङ्क्रमण दर घट्दो क्रम रहेको छ ।
भारतमा कोरोनाबाट निको हुने दर ९५ दशमलब ९१ प्रतिशत छ । पछिल्लो २४ घण्टामा थप २ लाख १३ हजार २ सय ४६ जना कोरोना सङ्क्रमित निको भएका छन् । भारतमा हाल १२ लाख २५ हजार ११ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
प्रकाशित मिति:
आईतबार, माघ २३, २०७८, २१:१४:००