झापा, माघ १० । वालवालिकाहरुको गायन क्षमता प्रस्तुत गर्ने टेलिभिजन रियालिटि सो सारेगमप लिटिल च्याम्पको उपाधी दाबी गर्दै झापाका दुई प्रतियोगि फाइनलमा पुगेका छन ।
प्रतियोगिताको फाइनल चरणमा पुगेका झापा मेचीनगरकी रोशा फुयल र बिर्तामोडकी कृपा पौडेललाई उपाधीको मुख्य दाबेदारका रुपमा हेरिएको छ । माघ २२ गते हुने फाइनलका लागि निर्णायकले दिएको अंक र दर्शकहरुले गरेको भोटका आधारमा मेचीनगर ८ की १४ बर्षीया फुयलले पहिलो स्थान र बिर्तामोड २ कि १४ बर्षीया पौडेलले दोस्रो स्थान हासिल गर्दै फाइलन प्रवेश गरेका हुन ।
ग्यालेक्सी फोर के टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार बेलुका ९ बजे प्रसारण भइरहेको प्रतियोगितामा लगातार उत्कृष्ट प्रदर्शन गरेका झापाली फुयल र पौडेल मध्ये एक जनालाई यो सिजनको बिजेताका रुपमा हेरिएको छ ।
फुयल र पौडेलसंगै पर्वतका अरुण सुनार, भारत सिलिगुडीका आदित्य विश्वकर्मा र भक्तपुरकी अविज्ञा घिमिरे प्रतियोगिताको फाइनल चरणमा प्रवेश गरेका छन ।
प्रकाशित मिति:
सोमबार, माघ १०, २०७८, ०८:४२:००