मेचीनगर, माघ ९ । नेकपा एकिकृत समाजवादी पार्टीले मेचीनगरमा संगठन बिस्तारको कामलाई तिब्रता दिएको छ । नगरका विभिन्न वडाहरुमा कमिटि गठनको कामलाई अघि बढाएको छ ।
सोही क्रममा शनिबार नेकपा एसले मेचीनगर–६ को वडा कमिटि गठन गरेको छ । ओमप्रकाश दाहाल (प्रकाश) को अध्यक्षतामा नेकपा एस मेचीनगर ६ को वडा कमिटि गठन भएको नेकपा एस मेचीनगरका सचिव हरि तिम्सिनाले जानकारी दिनु भयो ।
काँकरभिट्टा स्थित मेची सामुदायिक हलमा एसको मेचीनगर समितिले आयोजना गरेको वडा भेलाले दाहालको नेतृत्वमा ११ सदस्यीय वडा कमिटिको उपाध्यक्षमा मुक्ति निरौला, सचिवमा डिल्लीराम बोगटी र उपसचिव सुस्मिता भट्टराई चयन हुनु भएको छ । त्यस्तै सदस्यहरुमा बिजय खतिवडा, अर्जुन बिष्ट, नरेन्द्र शिवाकोटी, किरण दाहाल लगायत रहनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एसका केन्द्रीय सदस्य अशेष घिमिरेले नवनिर्वाचित वडा कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण समेत गराउनु भएको थियो ।
कार्यक्रममा एसका केन्द्रीय परिषद सदस्य शुभद्रा भट्टराई, प्रदेश सदस्य ताराराज ओली, अनेमसंघ झापाकी अध्यक्ष हरिमाया मैनाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । एसको मेचीनगर अध्यक्ष अर्जुन पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव हरिप्रसाद तिम्सिनाले गर्नु भएको थियो ।
प्रकाशित मिति:
आईतबार, माघ ९, २०७८, १२:०६:००