झापा, माघ ८ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हिंसात्मक अभिव्यक्ति दिने मन्त्री रेणु यादबलाई पदमुक्त गर्न प्रधानमन्त्रीलाई सुझाव दिनु भएको छ । कोरोना संक्रमित भएर आइसोलेशनमा रहनु भएका शर्माले आज ट्वीटर मार्फत मन्त्री यादबको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै पदमुक्त गर्न सुझाव दिनु भएको हो ।
आइसोलेशनबाटै महामन्त्री शर्माले मन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिको उपचारका लागि ३ वटा विकल्प समेत दिनु भएको छ । शर्माले मन्त्री आफैंले भुल स्वीकार गरेर क्षमा माग्नु पर्ने वा मन्त्री आबद्ध राजनितिक दलले पहलकदमी गरेर राजीनामा गराउनु पर्ने वा पदिय मर्यादा विपरित अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त गर्नु पर्ने उल्लेख गर्नु भएको छ ।
मन्त्री यादबले केही दिन अघि मधेश प्रदेशको एउटा कार्यक्रममा बोल्दै अर्को सिके राउतलाई लक्षीत गर्दैै अर्को मधेश नरसंहार मच्चाउने अभिव्यक्ति दिनु भएको थियो ।

प्रकाशित मिति:
शनिबार, माघ ८, २०७८, ११:१९:००