काठमाण्ठौ, माघ ७ । सत्तारुढ उच्चस्तरीय राजनितिक समन्वय समितिको बैठक भर्खरै सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न बैठकमा तीनै तहको निर्वाचन एकै पटक गराउने बिषयले प्रवेश पाएको बैठकमा सहभागि सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनु भयो ।
‘केही महिनाको फरकमा तीन तहका निर्वाचन गर्नु पर्ने अवस्था भएकाले तीनै तहको निर्वाचनलाई एकै पटक गर्ने बिषयमा बैठकमा छलफल भएको छ,’ मन्त्री कार्कीले भन्नुभयो ।
‘संविधानले स्थानीय तहको समायावधी ५ बर्ष भनेर किटान गरेको छ,’ सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री कार्कीले पत्रकारहरुसंग भन्नुभयो, ‘बैशाख, असार र असोजमा गरेर तीन चरणमा स्थानीय चुनाव भएको छ, कुनलाई पाँच बर्ष मान्ने भन्ने पनि छलफल चलिरहेको छ ।’
संविधान बमोजिम नै सबै तहका निर्वाचन हुने र त्यसका लागि सरकारका तर्फबाट निर्वाचन आयोगसंग थप परामर्श गर्ने समेत मन्त्री कार्कीले जानकारी दिनु भयो । बैशाखमा स्थानीय तहको निर्वाचन गर्न माघको पहिलो साता भित्रै मिति तोक्न निर्वाचन आयोगले सरकारलाई आग्रह गरिसकेको छ ।
प्रकाशित मिति:
शुक्रबार, माघ ७, २०७८, १८:५४:००