काठमाण्डौ, पुष २२ । सरकारले गृहमन्त्रालयको लागुऔषध नियन्त्रण शाखा प्रमुखसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो) लाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले लागुऔषध नियन्त्रण र अनुसन्धान प्रभावकारी बनाउन सीडीओलाई थप जिम्मेवारी दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता, सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको नियमित पत्रकार सम्मेलनमा यस बारेमा जानकारी दिनुभएको हो ।
जापान सरकारकाबाट प्राप्त हुने १० अर्ब ३९ करोड नीतिगत ऋण स्वीकार गर्ने, प्रहरी नियमावली संशोधन गर्ने, राजपत्र हरेक हप्ताको सोमबार र विहीबार दुई दिन प्रकाशन गर्ने निर्णय पनि सरकारले गरेको छ ।
प्रकाशित मिति:
बिहिबार, पुस २२, २०७८, २०:४७:००